|
काठमाडौं/ छोटो समयमा नै चार लाख सदस्य बनाई जनताको मन जित्न सफल युनिटी लाईफ इन्टरनेशनल लि.ले स्वदेश तथा विदेशमा आफ्नो शाखा कार्यालय खोल्ने क्रमलाई तिव्रता दिएको छ। स्वदेश होस् वा विदेश त्यहाँ युनिटीको कार्यालय स्थापना भइसकेको छ। देशको १४ अञ्चल ७५ जिल्लामै आफ्नो शाखा कार्यालय खोल्ने क्रममा रहेको युनिटीले हङकङ, मलेसिया, युएई, कतार, कुवेत, बहराइन, इजरायल, अष्ट्रेलिया, भारत, भुटानलगायत देशमा शाखा अफिस खोलिसकेको छ। युनिटीले आफ्ना गतिविधि ग्रामीण भेगमा पुर्याउन गत साता जाजरकोट र जुम्लामा आफ्नो कार्यसमिति गठन गरेको छ। जाजरकोटमा रामबहादुर सिंहको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने जुम्लामा ललितजंग महतको अध्यक्षतामा १५ सदस्यीय अर्को समिति गठन भएको छ। युनिटी जिल्ला समिति जाजरकोटको उपाध्यक्षमा दिलबहादुर बुढा, सह–सचिव भक्तबहादुर खत्री, कोषाध्यक्ष कौशल्यकुमारी खत्री र सदस्यहरूमा पदमबहादुर शाही, गिता शाही, गणेशबहादुर सिंह, निरजबहादुर शाही, प्रताप शाही, शाधना शाही, पदमबहादुर सिंह, रुक्मिना शाही, जयबहादुर थापा, गोविन्द थापा रहेका छन् भने सल्लाहकारमा जयबहादुर बस्नेत र पृथ्वीबहादुर सिंह ठकुरी रहेका छन्। यसैगरी, युनिटी जुम्ला समितिमा उपाध्यक्ष तिलबहादुर रावत, सचिव कमलराज खत्री, सह–सचिव बासना बुढा, कोषाध्यक्ष बलबहादुर शाही रहेका छन् भने सदस्यहरूमा दिपककुमार खत्री, गोविचन्द्र जैशी, अकर रौकाया, विरलाल बस्नेत, हरिसिंह नेपाली, रामचन्द्र बुढा, मोतीराम बुढा, करविरे साजकी, प्रतिमा शाही, जंगेधामी रहेका छन् भने सल्लाहकारमा जयबहादुर बस्नेत, भुवनसिंह सैजुवाल, रामबहादुर रावत, अमृतबहादुर शाही रहेका छन्। |