Headlines : अर्थहिन उपदेश   |   सुन आयातमा प्रतिबन्ध   |   काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा   |   जापानमा कामदार पठाइने : श्रममन्त्री   |   प्रगतिशीलद्वारा क्षतिपूर्ति माग   |   ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु   |   नेपाली कामदारको सुरक्षाप्रति चिन्ता   |   पुरानै ढर्रामा कालो दिवस   |   साउदीमा महिला बन्धक, दूतावास नतमस्तक   |   रोकिएको छैन इराक प्रवेश   |  
" ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
विद्यार्थीको पौने २ अर्ब अनिश्चित
04th February 2010, Thursday Font:    A+    A-
बेलायत अध्ययनको 'भिसा लेटर' पाएका र त्यसका लागि आवेदन गरेका ५ हजार विद्यार्थीले कलेजलाई पठाएको करिब पौने २ अर्ब रुपैयाँ फिर्ता हुने/नहुने अनिश्चित भएको छ । बेलायत सरकारले ६ दिनअघि नेपाली विद्यार्थीका लागि भिसा आवेदन रोकेपछि यो स्थिति आएको हो ।

शैक्षिक परामर्शदाताहरूको संस्था (इक्यान) का महासचिव राजेन्द्र बरालका अनुसार 'भिसा लेटर' पाएका करिब २ हजार विद्यार्थी आवेदन मिति कुरेर बसेका छन् । भिसा लेटरका लागि आवेदन गर्नेको संख्या करिब ३ हजार छ । उनीहरूको आवेदन दिल्लीमा रोकिएको छ । उनीहरूले आवेदनसँगै विषयअनुसार करिब ३ देखि ४ हजार पाउन्डको बैंक ड्राफ्ट कलेजलाई पठाइ सकेका छन् ।

'बैंक ड्राफ्ट पठाएपछि मात्रै कलेजले भिसा लेटर पठाउँछ', महासचिव बरालले भने, 'नेपाली विद्यार्थीको झन्डै पौने २ अर्ब रुपैयाँ फसिसकेको छ, फिर्ता हुने/नहुने दूतावासले बताएको छैन । विद्यार्थी चाहिँदा लाने नचाहिँदा पूर्वसूचनाबिना बन्द गर्ने बेलायत सरकारको यो बहुलठ्ठी निर्णय हो ।'

यो इक्यानमा परामर्श लिन आएका विद्यार्थी तथ्यांकका आधारमा तयार रकम हो । उनले रकम योभन्दा बढी हुन सक्ने बताए । उनका अनुसार बेलायत सरकारको आकस्मिक निर्णयले भिसा आवेदनको मिति लिएर बसेका विद्यार्थी अन्योलमा छन् ।

'मैले बिहीबारको भिसा आवेदनको डेट लिएको थिएँ,' बेलायती दूतावासअघि भेटिएकी चितवनकी एक विद्यार्थीले भनिन्, 'बन्दले आवेदन दिन पाइएन, बैंक ब्यालेन्स र अन्य कागजात सबै तयार छ । अब भिसा लेटरका लागि पठाएको पैसा फिर्ता हुन्छ/हुन्न भन्ने चिन्ता छ ।'

उनीसँगै दूतावास परिसरमा भेटिएका विद्यार्थीले बेलायतको निर्णयले आफूहरू अन्योलमा परेको गुनासो गरे । भिसा लेटर पठाएका कलेजसमेत बेलायत सरकारको निलम्बनमा पारेका छन् । पछिल्लो एक महिनामा मापदण्डविपरीत चलेको भन्दै करिब सय कलेजलाई बेलायत सरकारले निलम्बन गरेको छ ।

'निलम्बनको मापदण्ड त्यति वैज्ञानिक छैन, यसले बेलायतको शिक्षा र पद्धति राम्रो छ भन्न अब हामीलाई गाह्रो छ,' बरालले भने, 'सबैभन्दा ठूलो अन्योल कलेजलाई पठाएको ड्राफ्ट फिर्ता हुन्छ/हुन्न भन्ने हो । पैसा फिर्ता नभए हामी अन्तर्राष्ट्रिय अदालत जानेछौं ।'

इक्यान अध्यक्ष उत्तमप्रसाद पन्तले बिहीबार आयोजित एक कार्यक्रममा यसबारे शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र बेलायती दूतावासलाई जानकारी गराउने तयारी भइरहेको बताएका थिए । बेलायत अध्ययनका लागि जाने विद्यार्थीको लगानीबारे अध्ययन गर्न इक्यानले शिक्षा मन्त्रालयका पूर्वसहसचिव लवप्रसाद त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

विद्यार्थीले पठाएको बैंक ड्राफ्टबारे शिक्षा मन्त्रालयले कुनै जानकारी नभएको जनाएको छ । 'विद्यार्थी लान नसक्ने भए कलेजले ड्राफ्ट रकम फिर्ता गनर्ुपर्छ,' मन्त्रालयको छात्रवृत्ति शाखा प्रमुख नारायणकृष्ण श्रेष्ठले भने, 'बैंक, परराष्ट्र मन्त्रालय र कूटनीतिक पहल जरुरी छ । त्यसको नैतिक जिम्मेवारी कन्सल्टेन्सीले लिनुपर्छ ।' मन्त्रालयमा बेलायतका लागि नो अब्जेक्सन लेटर लिन जानेहरू सोमबारदेखि शून्य छन् । मंसिरमा ४ हजार २ सय ५४ र पुसमा १ हजार ८ सय ९७ ले यस्तो लेटर लिएका थिए । 'सोमबारदेखि कोही आएका छैनन्,' श्रेष्ठले भने ।

नेपालस्थित बेलायती दूतावासका एक अधिकारीका अनुसार भिसा पाइसकेकालाई भने रोकिएको छैन । 'यो बेलायत सरकारको निर्णय हो,' भिसा लेटर पाएकाले भिसाका लागि आवेदन गर्न नपाएकाबारे ती अधिकरीले भने, 'केही समयका लागि भिसा आवेदन बन्द गरिएको छ, त्यसमा पुनर्विचार हुन सक्छ ।'

  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
0 comments posted.
Other Headlines
» जापानमा कामदार पठाइने : श्रममन्त्री  -  03rd September 2010, Friday
» प्रगतिशीलद्वारा क्षतिपूर्ति माग  -  03rd September 2010, Friday
» भक्ति गुरुङलाई कोरियाबाट सहयोग  -  31st August 2010, Tuesday
» जापान मनि एक्सप्रेसको कारोवार शुरू  -  31st August 2010, Tuesday
» कांग्रेस महाधिवेशनमा ७ जना  -  31st August 2010, Tuesday
» ४६ पीडितः आश गर भर नपर  -  31st August 2010, Tuesday
» मृतक परिवारलाई आर्थिक सहयोग  -  31st August 2010, Tuesday
» कृषि मजदुर घाइते  -  31st August 2010, Tuesday
» दुर्घटनामा कामीको मृत्यु  -  31st August 2010, Tuesday
» मलेसियामा बढ्दो आत्महत्या  -  29th August 2010, Sunday
» यूएईमा एक नेपाली युवकको मृत्यु  -  29th August 2010, Sunday
» फिर्ति केन्द्रमा ३ सय ३३  -  29th August 2010, Sunday
» ५ नेपालीलाई १० हजार रियाल  -  29th August 2010, Sunday
» अन्तराष्ट्रिय कुरआन–पाठ प्रतिस्पर्धामा नेपाली बालक  -  25th August 2010, Wednesday
» श्रमिकद्वारा आत्महत्या  -  25th August 2010, Wednesday
» भारत र कुवेतमा बिक्रि गरेका दुई महिलालाई उद्धार  -  25th August 2010, Wednesday
» एक सय ५० मा नौ महिनासम्म काम  -  25th August 2010, Wednesday
» कतारमा मोवाइल पुस्तकालय  -  23rd August 2010, Monday
» सरकारले बुझेन : एनआरएन  -  23rd August 2010, Monday
» अफगानिस्तानमा ४ महिनापछि ३५ हजार नेपाली बेरोजगार  -  19th August 2010, Thursday
Total News Archieve: 275
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
अर्थहिन उपदेश
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com