Headlines : हत्याको विरोधमा शिक्षण संस्था बन्द   |   पहिरोमा बाबुछोराको मृत्यु   |   राजदूतसँग कामदारको गुनासो   |   जादा धनको आश, फर्किदा एड्सको त्रास   |   सातौं हार देख्न नपरोस्   |   मन्त्रालयमा प्रगति भएनः श्रममन्त्री   |   दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली   |   Bus plunges into Bhotekoshi River   |   UNMIN has done injustice to general public: Koirala   |   'Maoists making final preparations for people’s war'   |  
" दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली "
दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीहरूले त्यहाँ झन् ठूलो कष्ट भोग्नु परेको छ। कुटनीतिक नियोगको लाचरीका कारण नेपालीहरूले विदेशमा आफ्नो श्रम शोषण हुँदा समेत वाध्य भएर चुप बस्नु परेको छ।
... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
सामुहिक लगानीबारे चाडै नै विश्व सम्मेलन गर्दैछौं
11th February 2010, Thursday Font:    A+    A-
चुडामणि ढकाल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष हुनुहुन्छ। एनआरएनको मध्यपूर्वीय सम्मेलन दुबईमा सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका ढकाल अहिले सामुहिक लगानीबारे चाडै नै विश्व सम्मेलन गर्ने तयारीमा हुनुहुन्छ। नेपालको राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार रहेको वैदेशिक रोजगारबाट आएको रेमिटेन्स अहिले अनुपात्दक क्षेत्रमा लगानी भईरहेको बताउँदै उत्पादनशील क्षेत्रमा सामुहिक लगानी हुनुपर्ने कुरामा उहाँको जोड छ। व्यवसायिकरुपमा अध्यक्ष ढकाल युएईको दुबईमा गोर्खा कन्स्ट्रक्सन, गोर्खा क्याटरिङ र गोर्खा फुडस्टोकका प्रबन्धनिर्देशक समेत हुनुहुन्छ। प्रस्तुत छ, युएई भ्रमणमा रहेका बेला यस मासिकका प्रधान सम्पादक मानछिरिङ तामाङले गरेको कुराकानीको सारअंश  

युएईमा रहेका सम्रग नेपाली कामदारको अवस्थालाई कसरी मुल्याङकन गर्नुहुन्छ?
वास्तवमा युएईलाई नेपालीहरुको आर्कषक वैदेशिक रोजगारीको लागि आर्कषक गन्तव्यको रुपमा लिइन्छ। विशेषत युएईभित्र दुबई हरेक दृष्टिकोणबाट सर्वाधिक लोकप्रिय शहर हो। विश्वको आर्थिकमन्दीले गर्दा दुबईलाई पनि असर परेको छ। मन्दीको प्रभावले जति कामदार फर्किनु पर्ने हो ती सबै नेपाल फिर्ता भईसकेका छन। तर युएईको राजधानी आबुधावीमा भने विकास निर्माणको कार्य रोकिएको छैन। अहिले पनि नेपाली कामदारहरुको माग आउने क्रम जारी छ। सम्रगमा भन्नुपर्दा नेपाली कामदारको अवस्था सन्तोषजनक नै छ।

नेपाली कामदारले भोग्नुपरेका समस्याहरु बारे पनि बताईदिनुहोस न?
युएईमा नेपालीहरु एउटा साधारण विल्डिङ कन्स्टक्सनमा काम गर्नेदेखि इञ्जिनियर जस्तो दक्ष जनशक्तिका रुपमा काम गर्नेसम्मका छन। विशेषगरि विल्डिङ कन्स्टक्सनमा काम गर्ने लेवर तहका नेपाली दाजुभाईहरु विभिन्न खालका समस्याहरुसँग जुधिरहेका छन। ती श्रमिकहरुले भने बमोजिमको तलब सेवा सुविधा नपाउनु, काम गर्दागदै दुर्घटनामा पर्नु र त्यसको विमा नपाउनु, अकालमै मृत्यु भएर पनि जीवन विमा नपाउने लगायतका विविध समस्याहरु छन्। अर्कोतिर तेश्रो मुलुक भारतको बाटो हुँदै घरेलु कामदारमा जाने नेपाली महिलाहरुको समस्या बेग्लै छ। नेपाली कामदारका सबै समस्याहरु समाधान गर्न दुतावास, श्रमसहचारी र विदेशमा रहेका नेपाली सामाजिक संघ–संस्थ्ााहरुको प्रयास भने जारी छ।

आर्थिक संकटले दुबई ध्वस्त भएकै हो त?
विश्वव्यापीरुपमा परेको आर्थिक मन्दीकै प्रभावले दुबईलाई पनि छोएको पक्कै हो। विगतमा भएका नयाँ नयाँ प्रोजेक्टहरुले निरन्तरता पाएको छैन। दुबईमा भएको बिकासको गति केही हदसम्म रोकिएको छ। तर यहाँ सरकारको स्थायीत्व, योजना र अन्य राज्यहरुको सहयोगले मन्दीको प्रभाव कम गर्ने प्रयास भइरहेको छ।

मन्दीको प्रभाव घट्ने संकेत देख्नुहुन्छ त?
पक्कै देखिन्छ। दुबई सरकारले विभिन्न योजना र कार्यक्रमहरु ल्याएर नयाँ लगानीकर्ताहरुलाई आर्कषक प्याकेज ल्याइसकेको छ। दुबई सरकारले जसरी दुबईलाई बिकासको चरमचुलीमा पुरयाए ठीक त्यसैगरी मन्दीलाई घटाउन त्यतिकै मात्रामा परिश्रम, लगाव र योजनासाथ अगाडि बढीरहेका छन्। आबुधावी सरकारले पनि यसमा सक्दो सहयोग प्रदान गर्दै आएको छ। अवश्य पनि मन्दीको प्रभाव क्रमिकरुपमा सुधार आउनेछ।

युएईमा नेपाली कामदारलाई औधी रुचाउनको कारणचाहि के हो?
अन्य मुलुकको दाँजोमा नेपालीहरु औधी रुचाउनुमा मेहनेती, परिश्रमी र अनुशासित भएकोले नै हो। नेपालीहरुको अपराधिक क्रियाकलापको रेकर्ड समेत नभएकाले पनि यहाँका रोजगारदाताहरुले बढी विश्वास गर्दछन। अहिले युएईका राजाको सुरक्षादेखि आर्मी र प्रहरीमा समेत नेपालीहरुप्रति विश्वास गरेर उनीहरुलाई जिम्मेवारी दिइएको छ। अर्कोतिर सामान्य होटलदेखि अत्याधुनिक सुविधा सम्पन्न तारे होटलम्ममा ठूलो पददेखि सामान्य मजदुरसम्म नेपालीहरु नै देख्न सकिन्छन्। यसरी युएईमा नेपालीहरुको लागि हरेक क्षेत्रमा माग बढदो छ। तर नेपालको राजनीतिक प्रभावले विदेशमा पनि बन्द, हडताल जस्ता कार्यमा नेपालीहरु सलग्न भएका घटनाहरु पनि भेटिन्छन। अबका दिनमा त्यस्ता गलत कार्यमा नेपालीहरु सहभागी नहुने हो भने झन माग बढनेछ अन्यथा मलेसियाले बंगालादेशी कामदारलाई निलिए जस्तै युएईले पनि नेपाली कामदार नलिने दिन आउन सक्छ। 

खाडीमुलुकमा रहेका नेपाली कामदार एनआरएन हुन कि होइनन?
अन्तर्राष्ट्रिय मापद48डअनुसार आफनो मुुलुकबाट १८३ दिन भन्दा बढी बाहिर बसेको व्यक्ति एनआरएन हो। तर नेपालको नियमअनुसार कम्तीमा २ वर्ष विदेश बसेको व्यक्ति मात्र एनआरएन हुने प्रावधान छ, जुन प्रावधान हामीलाई स्वीकार्य छैन। हामी चाँडै यो नियमलाई परिर्वतन गरी अन्तर्राष्ट्रिय मान्यताअनुरुप नै एनआरएनको परिभाषा स्पष्ट पार्न सरकारसँग माग गर्दछौ। सरकारलाई यस विषयमा हामीले अनुरोध पनि गरेका छौ र सरकाले पनि चाँडै नै नयाँ विधेयक ल्याई अन्तर्राष्ट्रिय नियम अनुसार एनआरएनको परिभाषा स्पष्ट पार्ने वचनबद्धता व्यक्त गरेको छ । यस अर्थमा खाडीमुलुकमा रहेका नेपालीहरु पनि एनआरएन हुन्। र होइनन् भन्ने भ्रमबाट सरकार मुक्त हुनुपर्छ।
राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउनमा खाडीमुलुकमा रहेका नेपालीहरुको योगदान कस्तो छ?
तपाइले ज्यादै राम्रो प्रश्न गर्नुभयो। वास्तवमा नेपाली गाउँ, समाज र राष्ट्रको चौतर्फी विकासमा खाडीमुलुकमा रहेका नेपाली कामदारहरुले महत्वपूर्ण योगदान दिएका छन्। नेपालको राष्ट्रिय अर्थतन्त्रको आधार मुख्यरुपमा वैदेशिक रोजगार हो भन्ने विषयमा अर्थविद्हरुको दुईमत छैन। माओवादी सशस्त्र जनयुद्धकोे सक्रमणकालीन अवस्थामा पनि मुलुकको गरीबी ४१ बाट घटेर ३१ प्रतिशत आउनुको जस वैदेशिक रोजगारलाई नै दिइएकोे छ। नेपालको दुर–दराजका ग्रामिणबस्तीमा शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारमा आएको सकारात्मक परिर्वतन पनि वैदेशिक रोजगारकै फलस्वरुप हो। यसरी भन्नुपर्दा खाडीमा रहेका नेपालीले मुलुक धान्न पनि अत्यन्तै अहम भूमिका खेलेका छन्। यहाँका नेपालीहरुले जति कमाउँछन् त्यति नै पैसा नेपाल पठाउँछन। त्यसरी पठाइएको रेमिटेन्सले नेपालको हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
 
युएईमा रहेका सामाजिक संघसंस्थाको गतिवधि प्रभावकारी छैन भनिन्छ नि?
त्यसो होइन, यो चित्त नबुझेका र गलत मानसिकता बोकका केही व्यक्तिहरुको वाहियात कुरा हो। अहिलेे नेपालीहरुको ५१ भन्दा बढी सामाजिक संघसंस्थाहरु निकै सक्रियरुपमा क्रियाशिल रहेका छन्। वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिक दाजुभाईहरुकै समस्याबारे संघसंस्थाहरु  क्रियाशिल देखिन्छन। एनआरएन, नेपाली समाज, नेपाल आदिवासी जनजाति महासंघ लगायतका विभिन्न जातिय र सामजिक संस्थाहरुले नेपाली कामदारकै हितमा विभिन्न चेतनामूलक कार्यक्रमहरु गरेका छन। अर्कोतिर विभिन्न जातिय संस्थाहरुले आफनो चाडपर्व, दिवस र विभिन्न अवसर पारेर नेपालीहरुलाई एउटै ठाउँमा जमघट गराई सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरिरहेका छन। तर युएईमा  कुनै पनि सघसंस्था खोल्न अनुमति  छैन। 

एनआरएन युएइले नेपाली कामदारहरुको बारेमा के –कस्ता कार्य गरेको छ?
हामीले १७ वटा मध्यपूर्वी राष्ट्रमा रहेका १३ लाख नेपाली कामदारको हितलाई मध्यनजर गरी दुबईमा एनआरएन युएईको पहलमा मिडिलइष्ट सम्मेलन सम्पन्न गरेका छौं। मिडिलइष्टभरि अहिले ९ वटा राष्ट्रिय समन्वय परिषद गठन भईसकेका छन्। उक्त सम्मेलनबाट मिडिलइष्टभरि नेपालीहरुको एउटै साझा समस्यालाई एकगरी २६ बुँदे घोषणापत्र जारी गर्न सफल भयौं। यो सम्मेलनको मुल उद्धेश्य भनेकै नेपाली कामदारको समस्या समाधानका उपाय खोज्ने र राष्ट्रका लागि केही सकिन्छ कि भन्ने थियो।  ती समस्या तथा मुद्धालाई नेपाल सरकारको सरोकारवाला मन्त्रालय पनि पठाईसकेका छौं। यदि ती २६ बुँदे घोषणापत्र सम्बोधन हुने हो भने अहिले भित्रि रहेको रेमिटेन्समा ३० प्रतिशतले वृद्धि हुनेछ। यस बाहेक नेपालको मध्य पश्चिमको झाडापखालाका लागि आवश्यक आर्थिक सहयोग, रुपन्देही देवदहमा ९ सय ५० जना अपांग विद्यार्थीलाई सहयोग प्रदान गरेका छौं। यसैगरी विभिन्न नेपाली राष्ट्रिय व्यक्तित्वहरुलाई युएईमा सम्मान गरेका छौं। मध्यपूर्वका नेपाली कामदारले पठाएको रकम सही तवरले सदुपयोग हुनसकेको छैन। गैरआवासीय नेपाली संघले यसलाई सहीरुपमा सदुपयोग गर्ने अवधारणाका साथै एनआरएनको सामुहकि लगानीको बारेमा चाँडै नै विश्व सम्मेलन आयोजना गर्दछौ।

एनआरएनले नेपालको समृद्ध बिकासका लागि के गर्न सक्दछ?
समृद्ध शान्त नेपाल बनाउनका लागि एनआरएनले अहम भूमिका निवार्ह गर्न सक्दछ। विदेश बस्ने एनआरएनहरुको प्रशस्त सीप, क्षमता, ज्ञान र अनुभवलाई सदुपयोग गर्न सकिन्छ। कुनै पनि राष्ट्रको चमत्कारिक बिकास संम्भव छैन, त्यसैले पहिला त आफनो राष्ट्रको साधन र स्रोतलाई उचितरुपमा परिचालन गरिनुपर्दछ। त्यसका लागि नेपालमा उपुयक्त समयमा संविधान र स्थायी सरकार गठन हुनुपर्दछ। यसबाट मुलुकको चौतर्फी बिकासका लागि सामुहिक लगानी लगायतका विविध खालका विकास निर्माणको कार्यमा एनआरएनले महत्वपूर्ण योगदान दिन सक्दछ।
 
अन्त्यमा..............
मध्यपूर्वमा एनआरएनले धेरै काम गर्नुपर्ने छ। मुख्यरुपमा तत्कालै वैदेशिक रोजगारीमा आएका नेपाली कामदार ठगिने कार्य रोकिनुपर्छ। यसबाहेक नेपाली कामदारको हरेक तलब, सेवा सुविधाबारे पनि चासो दिनु आवश्यक छ। यसका लागि न्यूनतम मासिक तलबको निर्धारण गरिनुपर्दछ। खाडी तथा मलेसियाका नेपालीहरुको रकम अनुपात्दक क्षेत्रमा लगानी भएकोले सामुहिक लगानीको वातावरण बनाउन एनआरएनले अवश्यक पहल गर्नुपर्दछ। अवका दिनमा आफूले सिकेको सीप, ज्ञान, क्षमता र अनुभवलाई आर्थिक लगानीका क्षेत्रहरु पहिचान गरी कार्यान्वयन पक्षमा जोड दिनुपर्दछ।  
 
 
  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
Comments
Rameh lama   |  2010-02-13 00:49:40
" this interview very good. I like so much. "
Other Headlines
» तपाईको जीवन प्राइम हो।  -  11th June 2010, Friday
» हरेक नेपालीको मन–मुटुमा आईएमई छ  -  05th May 2010, Wednesday
» वैदेशिक रोजगार मन्त्रालय हुनु पर्छ  -  23rd February 2010, Tuesday
» नेपाली कामदारलाई कम्पनीहरुले रुचाएका छन्  -  02nd February 2010, Tuesday
» विश्वमा लाखौं शिक्षित र दक्ष नेटवर्किङ व्यवसायमा लागेका छन्  -  26th January 2010, Tuesday
» बुख्याचा जस्तो सरकारको मुल्याङ्कन गर्न चाहन्न  -  26th January 2010, Tuesday
» पोल्यान्ड नेपालीका लागि आर्कषक गन्तव्य हो। सुकबहादुर गुरुङ– प्रबन्ध निर्देशक (पायोनियर ओभरसिज  -  07th July 2009, Tuesday
» लोकतन्त्र र शान्ति प्रक्रिया अनुरुप भएन, बाबुराम भट्रटराई -माओवादी नेता  -  03rd July 2009, Friday
» सबैलाई चित्त बुझाएर अघि बढ्ने प्रयास जारी छ  -  02nd July 2009, Thursday
» सरकारले एक युवा एक सीप कार्यक्रम अनिवार्य लागू गर्नुपर्छ डा. रामहरि लामिछाने– परियोजना प्रबन्ध  -  24th June 2009, Wednesday
» रेमिटेन्स व्यवसायको भविष्य उज्ज्वल छ भीमप्रसाद शेरचन– अध्यक्ष, मनकामना मनि एक्सप्रेस प्रा.लि.  -  24th June 2009, Wednesday
» वैदेशिक रोजगारमा जाने लेवरको मासिक तलब कम्तीमा दुई सय युएस् डलर हुनुपर्छ मोहनकृष्ण सापकोटा, महा  -  09th June 2009, Tuesday
» निजि क्षेत्र र सरकारबीच हातमालो गदै मुलुकको अिर्थक बिकास गर्नुपर्दछ, सुरेन्द्रवीर मालाकार, अध्  -  09th June 2009, Tuesday
» ताम्सालिङ स्वायत्त प्रदेशप्राप्तिको लागि सम्पूर्ण तामाङहरु एउटै मोर्चामा गोलबद्ध हुनुपर्दछ  -  04th June 2009, Thursday
» अभिमुखीकरण र सीपमुलक प्राविधिक तालिम सिकेर मात्र विदेश जानु पर्छ - थानेश्वर देवकोटा– कार्यकारी  -  02nd June 2009, Tuesday
» हामी विदेशीको पैसा स्वदेश भित्र्याउन चाहन्छौं  -  27th May 2009, Wednesday
» पर्यटन क्षेत्र नेपालको आर्थिक मेरुदन्डको आधार हो  -  19th May 2009, Tuesday
» तीनलाख श्रमिक दाजुभाइको हितमा काम गर्नेछु  -  15th May 2009, Friday
» मेनपावरको नाममा ठगी गर्ने मानव तस्कर र दलाललाई निर्मूल पार्नुपर्छ डा. सूर्यनाथ मिश्र– राजदुत, न  -  12th May 2009, Tuesday
Total News Archieve: 21
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
सातौं हार देख्न नपरोस्
आज सातौं पटक प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। तर आज पनि प्रधानमन्त्री चुनिने सम्भावना न्यून छ। एमाले र मधेसी मोर्चाको आ–आफ्नै अडानको कारण सातौं निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न सक्ने सम्भावना देखिदै ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com