Headlines : हत्याको विरोधमा शिक्षण संस्था बन्द   |   पहिरोमा बाबुछोराको मृत्यु   |   राजदूतसँग कामदारको गुनासो   |   जादा धनको आश, फर्किदा एड्सको त्रास   |   सातौं हार देख्न नपरोस्   |   मन्त्रालयमा प्रगति भएनः श्रममन्त्री   |   दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली   |   Bus plunges into Bhotekoshi River   |   UNMIN has done injustice to general public: Koirala   |   'Maoists making final preparations for people’s war'   |  
" दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली "
दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीहरूले त्यहाँ झन् ठूलो कष्ट भोग्नु परेको छ। कुटनीतिक नियोगको लाचरीका कारण नेपालीहरूले विदेशमा आफ्नो श्रम शोषण हुँदा समेत वाध्य भएर चुप बस्नु परेको छ।
... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
वैदेशिक रोजगार मन्त्रालय हुनु पर्छ
23rd February 2010, Tuesday Font:    A+    A-
नेपालका औद्योगिक घराना मध्ये प्रतिष्ठित उद्योगपतिका रुपमा चिनिएका राजेन्द्र खेतान आफ्नो लगानीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने योजनामा हुनुहुन्छ। देशका लागि अझै केही योगदान गर्ने सोचमा हुनुहुन्छ उद्योगपति एवं सभासद् खेतान। सन् १९७० मा जन्मनुभएका खेतानका विभिन्न उद्योग एवं कम्पनीहरु नाफामा चलिरहेको छ। खेतान लमी बैंक, एभरेष्ट र प्राइम लाइफ इन्सुरेन्सका अध्यक्ष हुनुहुन्छ। बजारमा सबैभन्दा बढी बिक्री हुने टुबोर्ग, सान मिगेल र काल्सवर्ग बियरमा समेत खेतान ग्रुपको लगानी छ। त्यस्तै मायोज चाउचाउमा समेत उहाको लगानी छ। सामाजिक, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत खेतान ग्रुपको लगानी छ। देशको नया संविधान बनाउने अवसर समेत पाउनुभएका खेतान नेकपा मालेको समानुपातिक तर्फबाट सभासद् हुनुहुन्छ। प्रस्तुत छ, उद्योगपति खेतानसग मानछिरिङ तामाङले गरेको कुराकानीको सार अंश :  

मुलुकको वर्तमान आर्थिक अवस्थालाई कसरी मुल्याङकन गर्नुभएको छ?
वर्तमान परिप्रेयमा मुलुकको अर्थतन्त्रमा गम्भीर चुनौतिहरु देखापरेका छन्। तर केही राम्रा पक्ष पनि छन्। औद्योगिक उत्प्ाादन त्यति राम्रो हुन सकेको छैन्। सुरक्षा, बन्द, हडताल उत्पादन हैसियत र प्रतिस्पर्धात्मक क्षमताका कारण औद्योगिक उत्पादन घट्दै गएको हो। तैपनि राजस्व र रेमिटेन्समा बृद्धि भएको छ। अनुपातमा गतवर्ष ६० प्रतिशतभन्दा बढी भएकोमा यो वर्ष १० प्रतिशत मात्र बढेको छ। तर संख्यात्मक हिसाबले घटेको छैन। ४ महिनामा २० अर्ब सोधान्तर नोक्सानी भएको छ, गतवर्षभन्दा २० अर्ब बढी सुनचाँदीको आयात भएकोले। अर्थतन्त्र संकटग्रस्त नै छ भन्न त मिल्दैन तर तरलताको संकट पक्कै हो। यसलाई व्यवस्थापन गर्न सकेमा कुनै समस्या छैन अन्यथा तीन या चार वर्षमा आर्थिक संकट निम्तिन सक्छ र त्यसपछि पनि वेवास्ता गरिए ५/६ वर्षमा मुलुक गृहयुद्धतिर धकेलिन सक्छ। 

सम्पूर्ण लगानी जति आवास तथा घरजग्गा गएको छ। यसबारे तपाईको धारणा के छ?
औद्योगिक क्षेत्रमा देखिएको श्रम विवाद, उत्पादन मुल्य बृद्धि जस्ता कारणले उद्योग धन्दा सञ्चालन हुन सकेका छैनन् र यो क्षेत्रमा लगानी सुरक्षित हुन नसकेकाले लगानीकर्ताहरु सुरक्षित लगानीका लागि हाउजिङ, वैकिङ सेयर जस्ता जोखिममुक्त क्षेत्रमा आर्कषित भएका हुन्। यो ६ महिनाको अवधिमा ४० अर्ब निक्षेप भएकोमा ७५ अर्ब लगानी बैकिङ क्षेत्रको रहेको छ। यसरी हेर्दा ३५ अर्ब बढी लगानी भएको देखिन्छ। त्यसैले लगानीको वातावरण छ तर अनुत्पादक क्षेत्रमा लगानी भईरहेको छ। अनुत्पादक क्षेत्रमा ऋण लिएर लगानी गर्नु राम्रो संकेत होइन यसलाई रोक्नुपर्दछ।

वेरोजगारी समस्याले युवा जमात धमाधाम विदेशिने क्रम बढ्दो छ, यसबारे पनि केही बताईदिनुहोस न्?
कुनै पनि देशले आफनो श्रमलाई विदेश पठाएर उनीहरुको पसीना बेचेर आएको आयलाई स्वाभिमानको आय भन्न मिल्दैन। यो मुलुक र नागरिक दुवैका लागि हितकर छैन। देशमा राजनीतिक अस्थिरता, महंगी, बन्द हडतालजस्ता गतिविधिले उत्पादन र रोजगारी घटेको छ। त्यसैले युवाहरू विदेश जान बाध्य छन्। युवा जमातलाई विदेश पठाउने भन्दा स्वदेशमै रोजगारी बढाउने कार्य थालनी गर्नुपर्छ। र, यसका लागि राजनीतिक खिचातानीको अन्त्य हुनुपर्छ। त्यस्तै विदेशमा अदक्ष होइन प्राविधिक र दक्ष कामदार पठाउनेतिर ध्यान दिनुपर्छ। यसका लागि तालिमको व्यवस्था हुनुपर्छ र हामीले पनि विदेश जानेलाई तालिम दिन्छौं, जिम्मा लेउ भनेर मागेका हौं तर सरकारले वास्तै गर्दैन।

रेमिटेन्सको योगदान बारे पनि केही बताइदिनुस् न?
५०–५५ डिग्रीको चर्को गर्मीमा पसिना बगाएर कमाई पठाएको रेमिटेन्सको हामीले सम्मान गर्नुपर्छ। ऋण लिएर विदेशमा काम गरेकाहरूको कमाई अहिले अनुत्पादक क्षेत्रमा लगानी भइरहेको छ। यसलाई सुधार्नु पर्छ र उत्पादनमुलक काममा लगानी गर्नुपर्छ। विदेश गएका नेपाली कामदारहरूले विदेशमा कमाएको सीप, विचार र पुँजीलाई व्यवस्थित गर्न वैदेशिक रोजगार बैंकको स्थापना गरि उनीहरूको पुँजी उत्पादनसील क्षेत्रमा लगानी गर्न सके मुलुकको अर्थतन्त्र आफैं सुधि्रन्छ। रेमिटेन्सलाई सही ठाउँमा लगानी गर्ने विषयमा एनआरएनले पनि चाहेमा केही गर्न सक्थ्यो। तर, अहिलेसम्म हुन सकेको छैन। 

यहाँहरूको प्राइम लाइफ र ल73मी रेमिटको काम कस्तो चल्दैछ?
डेढवर्ष पहिले जब हामी बजारमा प्रवेश गर्‍यौ, लाखौं नेपालीहरू विदेशीएको देखियौं। उनीहरूको सुरक्षाका लागि नीतिगत काममा जोड दिनुपर्ने आवश्यकता देखेर विदेश जाने प्रत्येक कामदारको दुतावासमा दर्ता गराई वार्षिक १० डलर शुल्क लिने र सुरक्षाकार्ड बनाई उनीहरूको जीवन विमा, दुर्घटना विमा, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्ने प्रस्ताव गर्‍यौं तर हुन सकेन। हामी निजी क्षेत्रबाट विमा गर्ने योजना ल्याई अगाडि बढ्यौ र सबैको सक्रिय साथले सफलता पनि पाएका छौं। त्यस्तै, श्रमजीवीले ऋण लिएर विदेश गई कमाएको रकम सही तवरले आफन्तको हातमा परोस् भनेर संस्थागत योजनाका साथ अगाडि बढ्यौ र यसमा पनि सबैको साथ पाएकै छौं। अहिले देशमा नेपालीको मुखु48डो लगाएर विदेशीले कारोबार गरिरहेका छन् जुन श्रमिकहरूको लागि ज्यादै असुरक्षित छ। ल73मी रेमिट अहिले मलेसियामा पनि संचालनमा ल्याएका छौं। मध्यपूर्वका केही राष्ट्रहरूमा पुगेका छौं र केही राष्ट्रमा जाने तयारीमा छौं।

रेमिटेन्स घटेको छ भनिन्छ नि?
सबभन्दा पहिले विश्वको अर्थतन्त्र कुन रूपमा गएको छ त्यो हेर्नुपर्छ। २००८ जुलाइमा विश्व आर्थिक मन्दीको प्रभावमा पर्‍यो, दुबईमा पनि केही समय अघि यस्तै स्थिति देखियो। विश्व आर्थिक मन्दीका विषयमा कति कुरा अझै लुकेका छन्, खुल्न सकेका छैनन्। यदि यो बाहिर आयो भने नेपाली कामदार फर्किनु पर्ने दिन आउन सक्छ। तर, बढी मेहनती, लगनशील र नम्र स्वभाव भएका नेपालीले विदेशमा आफ्नो श्रमबजार थेग्न सक्ने भएकाले रेमिटेन्स घट्यो भनेर चिन्ता गरिहाल्नु पर्ने ठाउँ छैन। त्यस्तै हामीले मुलुक भित्रै रोजगारी सृजना गर्न ध्यान दिनुपर्छ। प्रतिस्पर्धात्मक क्षेत्रमा लगानी गर्न नसके पनि कम प्रतिस्पर्धा भएको र तुलनात्मक लाभको क्षेत्र खोजिनु पर्छ। यदि वार्षिक ५० हजार रोजगारी सृजना नहुने हो भने मुलुकमा अर्को द्वन्द्व निम्तन सक्छ। 

वैदेशिक रोजगारलाई कसरी व्यवस्थित गर्न सकिन्छ?
यसलाई व्यवस्थित गर्ने सरकारी निकाय त छ तर त्यस निकायमा व्यवसायीकरण भएको छ। सकेसम्म बढी श्रमिक पठाएर कमिशन खाने काम मात्रै भइरहेको छ। यसमा नियन्त्रण गरि दक्ष कामदार पठाउनेमा जोड दिनुपर्छ। त्यस्तै कामदार जाने मुलुकमा दुतावास, श्रम सहचारी नभएसम्म कामदार पठाउनु हुँदैन। कामदारको करबाट सहचारी खोल्न सक्छौं तर कुन दलको को व्यक्ति जाने भन्ने विवादले सहचारीसमेत नियुक्त हुन सकेको छैन। अब बन्ने संविधानमा पनि वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने विषयमा उल्लेख हुनुपर्छ भन्ने मेरो धारणा छ।

यो क्षेत्रलाई अझ कसरी प्रवर्द्धन गर्न सकिन्छ?
देशको अर्थतन्त्रको २० प्रतिशत हिस्सा ओगटेको वैदेशिक रोजगार हेर्ने मन्त्रालय नहुनु दुर्भाग्यपूर्ण कुरा हो। यसलाई व्यवस्थित गर्न र कामदारको हक, हितका लागि काम गर्न छुट्टै मन्त्रालयल खोलिनु पर्छ। जसले वैदेशिक रोजगारीको नाममा भएको ठगीको उजुरी, सीप र तालिमको व्यवस्था, श्रम सहचारी नियुक्तिको विषय हेर्नु पर्दछ। सिटिइभिटी, आइएलओ लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको सहकार्यमा तालिमको व्यवस्था गरि दक्ष कामदार विदेश पठाउन सकेमा अहिले भित्रिएको भन्दा दोब्बर रेमिटेन्स भित्रिन्छ र देश दक्ष कामदार पठाउने मुलुकमा गनिन्छ। सरकार ढिलासुस्ती गर्छ र हामी तालिम प्रदान गछौैं जिम्मा दिनुहोस् भन्दा पनि वास्ता गर्दैन।
 
अन्त्यमा.............
रोजगारीकै सम्भावना नेपालमै छ भन्ने सबैले बुझनुपर्दछ। हाम्रो मुलुक जवैकि, समाजिक विविधता र प्राकृतिक सम्पदाको खानी हो। परिवर्तन गर्न नसकेकाले मात्र वेरोजगारी समस्या सृजना भएको हो। यसमा कमजोर शासकीय प्रणाली पनि दोषी छ। अबको ५ देखि १० वर्षभित्रमा उपज हुने क्षेत्रको खोजी गरी नेपालमै रोजगारी थेग्न सक्ने वातावरण तयार पार्न सकिन्छ र यसका लागि सबै मिलेर एउटै थलोमा उभिनुपर्दछ। युवा जमातले रािष्ट्रय अर्थतन्त्रमा परिर्वतन ल्याउन जागरुक हुन जरुरी छ।
 
 
  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
0 comments posted.
Other Headlines
» तपाईको जीवन प्राइम हो।  -  11th June 2010, Friday
» हरेक नेपालीको मन–मुटुमा आईएमई छ  -  05th May 2010, Wednesday
» सामुहिक लगानीबारे चाडै नै विश्व सम्मेलन गर्दैछौं  -  11th February 2010, Thursday
» नेपाली कामदारलाई कम्पनीहरुले रुचाएका छन्  -  02nd February 2010, Tuesday
» विश्वमा लाखौं शिक्षित र दक्ष नेटवर्किङ व्यवसायमा लागेका छन्  -  26th January 2010, Tuesday
» बुख्याचा जस्तो सरकारको मुल्याङ्कन गर्न चाहन्न  -  26th January 2010, Tuesday
» पोल्यान्ड नेपालीका लागि आर्कषक गन्तव्य हो। सुकबहादुर गुरुङ– प्रबन्ध निर्देशक (पायोनियर ओभरसिज  -  07th July 2009, Tuesday
» लोकतन्त्र र शान्ति प्रक्रिया अनुरुप भएन, बाबुराम भट्रटराई -माओवादी नेता  -  03rd July 2009, Friday
» सबैलाई चित्त बुझाएर अघि बढ्ने प्रयास जारी छ  -  02nd July 2009, Thursday
» सरकारले एक युवा एक सीप कार्यक्रम अनिवार्य लागू गर्नुपर्छ डा. रामहरि लामिछाने– परियोजना प्रबन्ध  -  24th June 2009, Wednesday
» रेमिटेन्स व्यवसायको भविष्य उज्ज्वल छ भीमप्रसाद शेरचन– अध्यक्ष, मनकामना मनि एक्सप्रेस प्रा.लि.  -  24th June 2009, Wednesday
» वैदेशिक रोजगारमा जाने लेवरको मासिक तलब कम्तीमा दुई सय युएस् डलर हुनुपर्छ मोहनकृष्ण सापकोटा, महा  -  09th June 2009, Tuesday
» निजि क्षेत्र र सरकारबीच हातमालो गदै मुलुकको अिर्थक बिकास गर्नुपर्दछ, सुरेन्द्रवीर मालाकार, अध्  -  09th June 2009, Tuesday
» ताम्सालिङ स्वायत्त प्रदेशप्राप्तिको लागि सम्पूर्ण तामाङहरु एउटै मोर्चामा गोलबद्ध हुनुपर्दछ  -  04th June 2009, Thursday
» अभिमुखीकरण र सीपमुलक प्राविधिक तालिम सिकेर मात्र विदेश जानु पर्छ - थानेश्वर देवकोटा– कार्यकारी  -  02nd June 2009, Tuesday
» हामी विदेशीको पैसा स्वदेश भित्र्याउन चाहन्छौं  -  27th May 2009, Wednesday
» पर्यटन क्षेत्र नेपालको आर्थिक मेरुदन्डको आधार हो  -  19th May 2009, Tuesday
» तीनलाख श्रमिक दाजुभाइको हितमा काम गर्नेछु  -  15th May 2009, Friday
» मेनपावरको नाममा ठगी गर्ने मानव तस्कर र दलाललाई निर्मूल पार्नुपर्छ डा. सूर्यनाथ मिश्र– राजदुत, न  -  12th May 2009, Tuesday
Total News Archieve: 21
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
सातौं हार देख्न नपरोस्
आज सातौं पटक प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। तर आज पनि प्रधानमन्त्री चुनिने सम्भावना न्यून छ। एमाले र मधेसी मोर्चाको आ–आफ्नै अडानको कारण सातौं निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न सक्ने सम्भावना देखिदै ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com