Headlines : अर्थहिन उपदेश   |   सुन आयातमा प्रतिबन्ध   |   काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा   |   जापानमा कामदार पठाइने : श्रममन्त्री   |   प्रगतिशीलद्वारा क्षतिपूर्ति माग   |   ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु   |   नेपाली कामदारको सुरक्षाप्रति चिन्ता   |   पुरानै ढर्रामा कालो दिवस   |   साउदीमा महिला बन्धक, दूतावास नतमस्तक   |   रोकिएको छैन इराक प्रवेश   |  
" ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
मेनपावर व्यवसायीको समस्या यथावत छ
06th July 2010, Tuesday Font:    A+    A-
बलबहादुर तामाङ, अध्यक्ष, नेपाल वैदेशिक रोजगार प्रगतिशिल मञ्च एवं अध्यक्ष स्काई ग्रुप
नेपाल वैदेशिक रोजगार प्रगतिशिल मञ्चका अध्यक्ष बलबहादुर तामाङ स्काई ओभरसिज सर्भिसेजका अध्यक्ष हुनुहुन्छ। वैदेशिक रोजगारको क्षेत्रमा उत्कृष्ट मेनपावरहरु मध्ये पर्ने स्काई ओभरसिजका अध्यक्ष तामाङसँग वैदेशिक रोजगारसँग सरोकार राख्ने विविध विषयमा सम्पादक रामजी बगालेले गरेको कुराकानीका केही अंशहरु : 
 
० अहिले के गर्दै हुनुहुन्छ?
– म नेपाल वैदेशिक रोजगार प्रगतिशिल मञ्चको अध्यक्ष भएपछि मेनपावर व्यवसायीका विभिन्न २० बुँदे समस्याहरुलाई  लिएर वैदेशिक रोजगार विभाग, प्रधानमन्त्रीको कार्यालय, अर्थमन्त्रीको कार्यालय लगायत सरोकारवालाहरुकोमा गई अवगत गरायौ। हामीले राखेका समस्यालाई सरोकारवालाहरुले गहन रुपमा लिएका छन्। अहिले पनि हामी सरोकारवालाहरुसँग भेटघाटमै व्यस्त छौं। हामी अहिले मेनपावर व्यवसायलाई सम्मानित र मर्यादित व्यवसाय बनाउनमा लागि परेका छौं।

० अहिले वैदेशिक रोजगार व्यवसायको अवस्था कस्तो छ?
– वैदेशिक रोजगार व्यवसायीहरु ढुलमुलको अग्रस्थानमा रहेका छन्। राहदानी बनाउने समस्याका कारण विदेश जान चाहने नेपाली कामदार जान पाएका छैनन्। एमआरपी पासपोर्ट छपाइमा भएको ढिलाइका कारण यो व्यवसायको भविष्य अन्योलमा परेको छ। एमआरपीले मेनपावर व्यवसायलाई ठूलो धक्का दिन्छ।

० यहाँ त संघको निर्वाचनपछि राजनीतिमा होमिनु भयो भन्ने आरोप छ नि?
– यसलाई सत्य होइन भन्न मिल्दैन। जुनसुकै मानिसमा पनि राजनीतिक आस्था हुन्छ र त्यो उसको नैसर्गिक अधिकार पनि हो। राजनीतिक नेताहरुलाई हाम्रा समस्याबारे अवगत गराउन नै म राजनीतिक संस्थाको नेतृत्व गर्दै व्यवसायिक हकहितका लागि अगाडि बढेको हुँ। मेनपावर व्यवसाय र विदेश जाने नेपाली कामदारका सम्पूर्ण समस्या समाधान गर्न, व्यवसायिक कुराहरु सम्बोधन गर्दै नीति नियममा परिमार्जन गर्न, मेनपावर व्यवसायलाई सेवा उद्योग र सम्मानित व्यवसायको रुपमा स्थापित गराउन म लागिरहेको छु। र हामीले गरेका गतिविधी हाम्रो माउ संघ नेपाल वैदेेशिक रोजगार व्यवसायी संघलाई पनि जानकारी दिने गरेका छौं।

० तपाईंहरूकै माउ संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ त आन्तरिक विवादमै अल्भि्करहेको छ, संघले व्यवसायिक हितमा काम गरेन भन्ने आरोप व्यवसायीहरुले लगाइरहेका छन् नि?
– यो सही हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका साथीहरूले निर्वाचन अगाडि जुन दिवा सपना बाँड्नु भएको थियो त्यो पूरा भएको छैन र त्यो पूरा हुने पनि होइन। त्यो कुरा त्यतिबेलै व्यवसायीहरूले बुझ्नुपर्ने थियो। निर्वाचन जितेको एक हप्तामै भवन निर्माण गर्ने काल्पनिक घोषणा उक्त कार्यसमितिले गरेको थियो। अहिले १२ हप्ता भइसक्यो खै केही भएको छैन। अझै त्यतिबेला त संघबाट नभए पनि व्यक्तिगत रूपमा नै भवन निर्माण गर्ने साथीहरूले घोषणा गरेका थिए। मेनपावर संचालन गरेर डाईरेक्टर भइसकेका व्यवसायी मित्रहरूले व्यक्तिगत रूपमा बिना प्रक्रिया संघको भवन निर्माण गर्छु भन्ने काल्पनिक कुरालाई पत्यार गर्नुभयो। यो झुट र गलत सावित भैसक्यो। यो लज्जास्पद कुरा पनि हो। बैदेशिक रोजगार संघमा जँुगा र पदको लडाइँंका कारणले मेनपावर व्यवसायीको समस्या जहाँको तही रहेको हो। सबैभन्दा पहिले संघ संस्थागत नभएसम्म मेनपावर व्यवसायीको समस्या यथावत रहन्छ। संँघको नेतृत्व सधैँ आन्तरिक द्वन्द्वमा फस्नाले सल्लाहकार को ल्याउने, कर्मचारी को ल्याउने जस्ता आन्तरिक विवादमै रुमल्लिइरहन्छ। संघ नेतृत्वले व्यवसायीहरूका समस्याका बारेमा बुझी सबैसँग सल्लाह लिएर सामूहिक कार्यनीति बनाउनु पर्छ। संघ नेतृत्वले चाहे हामी सकारात्मक रूपमा छलफल गरेर व्यवसायिक हकहितका लागि अगाडि बढ्न तयार छौं।

० प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी संघको आवश्यकता चाहिँ किन ठान्नुभयो र यहाँ किन त्यसको अध्यक्ष बन्नुभयो?
– नेपाल प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च आस्थाको संस्था हो। यो संस्थाबाट मेनपावर व्यवसायीको विभिन्न समस्या र मागहरू संविधानसभा र पार्टी नेतृत्वसम्म हामीले पुर्‍याएका छौं। हामीले एमाले पार्टीलाई वैदेशिक रोजगार व्यवसायको महत्व, यस व्यवसायले समाजमा पुर्‍याएको योगदानका बारेमा चर्चा गर्दै नीति नियम बनाउँदा यस व्यवसायलाई समेट्न समेत पहल गरेका छौं। यो फोरमले मेनपावर व्यवसायीको हकहितका लागि ठूलो भूमिका खेल्छ। मञ्चको मेरो कार्यकाल दोस्रो हो।

० तपाईंको संस्थाले अहिले के गर्दैछ?
– हाम्रो संस्थाले विभिन्न मागहरू र समस्याहरू लिएर सरोकारवालाहरूसँग छलफल गर्‍यौ। हामीले विभागमा हुने गरेका समस्या समाधानका लागि पहल गरिरहेका छौं। यस व्यवसायलाई सेवा उद्योगका रूपमा मान्यता दिनुपर्छ, नेपालमा कुटनीतिक नियोग गठन हुनुपर्छ, कल्याणकारी कोषको सही सदुपयोग हुनुपर्छ, बजेटमा वैदेशिक रोजगार व्यवसायलाई पनि बजेट छुट्याइनुपर्छ लगायतका माग राखी सरकारका विभिन्न निकायलाई २० बुँदे ज्ञापनपत्र पनि दिएका छौं। सम्बन्धित निकायहरू एकदमै सकारात्मक छन् केही काम शुरु पनि भैसक्यो हामी आशावादी छौं।

० आगामी बजेटमा वैदेशिक रोजगार व्यवसायलाई पनि प्राथमिकता दिन यहाँहरू लाग्नु भएको थियो सफल हुनु भयो त?
– हामीले अर्थमन्त्रीसँगको भेटमा उक्त माग ज्ञापनपत्रमार्फत् नै राखेका छांै। उहाँले नेपालमा रोजगार दिने वातावरण नहुँदासम्म यस व्यवसायलाई मर्यादित बनाउन सरकार लाग्ने र छिट्टै सरोकारवालासँग राखेर छलफल गराउने बताउनु भयो।

० मेनपावर व्यवसायमा अहिले थुप्रै राजनीतिक संघसस्था जन्मिइसके यी सबै एक भएर अगाडि बढ्न सक्दैनन्?
– यस व्यवसायमा अहिले २ वटा मात्र आधिकारिक संस्था छन्। अन्य संस्था भनेको आस्थाका आधारमा खोलिएका संस्था हुन्। यी दुवै संस्था व्यवसायिक हकहितकै लागि खुलेका संस्था भएकाले जसले जहाँ कुरा लगे पनि मेनपावर व्यवसायी र कामदारकै हकहितको पक्षमा कुरा लैजानु पर्छ। हाम्रो मञ्चको मेनपावरसँग सरोकार राख्ने सम्पूर्ण संघसंस्था एउटै हुनुपर्छ भन्ने मान्यता हो। बैदेशिक रोजगार संघमा संस्थागत विकासको कमीले संघ टुक्रिएको हो। अब नमिलेको कुरा मिलाएर एकीकरणको जरुरी छ।

० धेरै संघसंस्था भएकै कारण यो व्यवसायलाई सरकारले प्राथमिकता नदिएको त होइन नि?
– सबै संघसंस्थाले जहाँ कुरा लगे पनि एउटै मुख र एउटै ढोका हुनुपर्छ। एउटाले व्यवसायिक हकहितका लागि नै उठाएको कुरालाई अर्को संस्थाले खुट्टा तान्ने काम गर्नु हुँदैन। मेनपावर व्यवसायसँग सम्बन्धित सबै संघसंस्था एकत्रित भएर, एकजुट भएर व्यवसायिक हकहितका लागि अगाडि बढ्नुपर्छ।

० देशको कुल ग्राहस्थ उत्पादनको करिव २३ प्रतिशत रेमिटेन्स भित्र्याउने मेनपावर व्यवसायलाई सरकारले प्राथमिकता नदिनुको कारण के जस्तो लाग्छ?
– देशको कूल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगार व्यवसायको २३.६ प्रतिशत योगदान रहे पनि यस व्यवसायलाई सरकारले राम्रो नजरले हेरेको छैन। मेनपावर व्यवसायसँगै सरोकार राख्ने नेपाल स्वास्थ्य व्यवसायी महासंघ, रेमिटेन्स व्यवसायी संघलगायतले सरकारको नजिक बसेर काम गरिरहेका छन् तर पनि सरकारले यस व्यवसायलाई अझै टाढा राखेको छ। यो सबै समस्या आएको व्यवसायीबीच एकता नहुनु ले नै हो। यसमा बैदेशिक रोजगार संघले पहल गर्नुपर्छ र सरकारसँग वार्ता गर्नुपर्छ। यस व्यवसायलाई सरकारले सम्मानित व्यवसायको रूपमा हेर्नु पर्छ यसका लागि बजेट छुट्याउनु पर्छ।

० मेनपावर व्यवसाय यति ठूलो व्यवसाय भएर पनि व्यवसायीहरू खुलेर म मेनपावरको डाइरेक्टर भन्न रुचाउँदैनन् नि?
– वैदेशिक रोजगार व्यवसायले समाजमा पुर्‍याएको सकारात्मक कुराभन्दा सर्वसाधारणमा बढी नकारात्मक कुरा पुर्‍याइएकाले कहीँ कतै यस्तो समस्या आएको होला। यस व्यवसायले देश विकास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा पुर्‍याएको योगदानभन्दा बजारमा बढी नकारात्मक कुरा मात्रै गएकाले पनि यस्तो समस्या आएको हो। मेनपावर व्यवसायीले पनि गर्भका साथ म फलानो मेनपावरको डाईरेक्टर भन्नुपर्छ र आफू उभिएको धरातलमै रमाउन सक्नुपर्छ।

० व्यवसायीबीचको आन्तरिक द्वन्द्वले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरू मारमा परिरहेका छन्?
– व्यापारमा प्रतिस्पर्धा स्वभाविक हो। तर, नेपाली–नेपाली विवाद गरेर विदेशी (बीचको एजेन्ट) लाई फाइदा पुग्ने काम गर्नु हुँदैन। व्यवसायिक एकता हुने हो भने समस्या त समाधान भैहाल्छ। सबै वयवसायीले व्यवसायीक मर्यादालाई आत्मसाथ गर्दै अगाडि बढे समस्यै आउँदैन र अब मेनपावर व्यवसायीले पनि एजेन्टसँगभन्दा सिधै कम्पनीसँगै काम गर्नुपर्छ यस्तो काम गर्दा आफूलाई पनि फाइदा र जाने कामदारलाई पनि फाइदा हुन्छ।

० एमआरपीका कारण समस्या उत्पन्न भइरहेको छ समाधानका लागि के गर्दै हुनुहुन्छ?
– एमआरपीले नेपालमा विकराल समस्या ल्याउँदैछ। एमआरपीले रोजगार व्यवसायलाई त ठूलो मारमा पार्छ नै यसले देशको इज्जत मै दाग लगाउने सम्भावना बढेर गएको छ। बंगलादेश जस्तो देशले एमआरपी लागू गर्न सक्दा हाम्रो देशले नसक्ने कुरै हुँदैन। त्यसैले एमआरपीको नाममा राजनीति नगरी तुरुन्त गुणस्तरीय छपाइ गर्ने ग्रुपलाई एमआरपी छाप्न दिनुपर्छ। सँगसँगै ईमिग्रेशनमा त्यहीँ अनुसारको तयारी पनि गर्नुपर्छ।

० यहाँको मेनपावर नेपालकै चर्चित मेनपावरहरूमा पर्छ यहाँको भावी योजनाका बारेमा बताइदिनोस् न?
– स्काई ओभरसिज सर्भिसेजलाई यो ठाउँमा ल्याउन म मात्र नभएर मेरो टिम वैदेशिक रोजगारमा जाने नेपाली कामदार र विदेशबाट कामदारको आवश्यकता दिने कम्पनीहरू सबैको योगदान उत्तिकै छ। वैदेशिक रोजगारमा जाने व्यक्ति र विदेशी कम्पनीको विश्वासले नै आज स्काई ओभरसिज यो सफलता चुम्न सफल भएको हो। हामीले भावी दिनमा दक्ष कामदारलाई निःशुल्क भिसामा मात्र वैदेशिक रोजगारमा पठाउने रणनीति बनाएका छौं। अहिले पनि हामी प्रायः फ्रि भिसामै दक्ष कामदारलाई विदेश पठाउँछौं। हाम्रो ल73य भनेको कुनै पनि विदेश जाने नेपाली कामदारले ४५ हजारभन्दा बढी तिर्न नपरोस् भन्ने हो। हामी अदक्ष होइन दक्ष कामदार पठाउन तल्लिन छौं र हाम्रो सफलतामा सरकारी निकाय र मिडियाले पनि धेरै सहयोग गरेका छन्।

० अन्तमा समस्त मेनपावर व्यवसायी, विदेश जाने नेपाली कामदार र सरकारी निकायलाई के भन्नुहुन्छ?
– म सबैभन्दा पहिले विदेश जाने नेपाली कामदारलाई यो अनुरोध गर्न चाहन्छु कि तपाइँंहरूकै कारण यो व्यवसाय मर्यादित बनाउन सहयोग पुग्छ। त्यसैले तपाइंहरू लाइसेन्स प्राप्त मेनपावर कम्पनीबाट आफू कुन काममा जान लागेको हो, के काम गर्ने हो, कति तलब छ, त्यहाँको वातावरण के छ, सबै बुझेर मात्र जानोस्। एजे48टको विश्वासमा मात्र आफू जाने कम्पनीमा उपस्थित नै नभइ नजानोस्। तपाइँंहरूको सानो सहयोगले यो व्यवसाय मर्यादित हुनमा सहयोग पुग्छ। अनि तपाइंहरू जानुपूर्व नै परिवारसँगै दुई वर्ष छुट्ने साहस गरेर मात्र जानोस्। मेनपावर व्यवसायी साथीहरूले पनि कम्पनीको काम ल्याउँदा सबै बुझेर माग ल्याइ गठिनबाट जोगिनु पर्छ र जाने कामदारलाई सत्यतथ्य सूचना दिएर ओरियन्टेशन दिइ पठाउनु पर्छ, अनि सरकारले यस व्यवसायलाई प्रवर्द्धन गर्न कुनै कसुर बाँकी राख्नु हुँदैन। विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्छ र वैदेशिक रोजगारमा अप्ठ्यारो परेकाको समस्याहरू तत्काल समाधान गर्नुपर्छ। अनि सरकारले भर्खरै ल्याएको बचतपत्रको नीति जति सक्दो छिटो लागू गर्नुपर्छ।
 
 

  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
0 comments posted.
Other Headlines
» तपाईको जीवन प्राइम हो।  -  11th June 2010, Friday
» हरेक नेपालीको मन–मुटुमा आईएमई छ  -  05th May 2010, Wednesday
» वैदेशिक रोजगार मन्त्रालय हुनु पर्छ  -  23rd February 2010, Tuesday
» सामुहिक लगानीबारे चाडै नै विश्व सम्मेलन गर्दैछौं  -  11th February 2010, Thursday
» नेपाली कामदारलाई कम्पनीहरुले रुचाएका छन्  -  02nd February 2010, Tuesday
» विश्वमा लाखौं शिक्षित र दक्ष नेटवर्किङ व्यवसायमा लागेका छन्  -  26th January 2010, Tuesday
» बुख्याचा जस्तो सरकारको मुल्याङ्कन गर्न चाहन्न  -  26th January 2010, Tuesday
» पोल्यान्ड नेपालीका लागि आर्कषक गन्तव्य हो। सुकबहादुर गुरुङ– प्रबन्ध निर्देशक (पायोनियर ओभरसिज  -  07th July 2009, Tuesday
» लोकतन्त्र र शान्ति प्रक्रिया अनुरुप भएन, बाबुराम भट्रटराई -माओवादी नेता  -  03rd July 2009, Friday
» सबैलाई चित्त बुझाएर अघि बढ्ने प्रयास जारी छ  -  02nd July 2009, Thursday
» सरकारले एक युवा एक सीप कार्यक्रम अनिवार्य लागू गर्नुपर्छ डा. रामहरि लामिछाने– परियोजना प्रबन्ध  -  24th June 2009, Wednesday
» रेमिटेन्स व्यवसायको भविष्य उज्ज्वल छ भीमप्रसाद शेरचन– अध्यक्ष, मनकामना मनि एक्सप्रेस प्रा.लि.  -  24th June 2009, Wednesday
» वैदेशिक रोजगारमा जाने लेवरको मासिक तलब कम्तीमा दुई सय युएस् डलर हुनुपर्छ मोहनकृष्ण सापकोटा, महा  -  09th June 2009, Tuesday
» निजि क्षेत्र र सरकारबीच हातमालो गदै मुलुकको अिर्थक बिकास गर्नुपर्दछ, सुरेन्द्रवीर मालाकार, अध्  -  09th June 2009, Tuesday
» ताम्सालिङ स्वायत्त प्रदेशप्राप्तिको लागि सम्पूर्ण तामाङहरु एउटै मोर्चामा गोलबद्ध हुनुपर्दछ  -  04th June 2009, Thursday
» अभिमुखीकरण र सीपमुलक प्राविधिक तालिम सिकेर मात्र विदेश जानु पर्छ - थानेश्वर देवकोटा– कार्यकारी  -  02nd June 2009, Tuesday
» हामी विदेशीको पैसा स्वदेश भित्र्याउन चाहन्छौं  -  27th May 2009, Wednesday
» पर्यटन क्षेत्र नेपालको आर्थिक मेरुदन्डको आधार हो  -  19th May 2009, Tuesday
» तीनलाख श्रमिक दाजुभाइको हितमा काम गर्नेछु  -  15th May 2009, Friday
» मेनपावरको नाममा ठगी गर्ने मानव तस्कर र दलाललाई निर्मूल पार्नुपर्छ डा. सूर्यनाथ मिश्र– राजदुत, न  -  12th May 2009, Tuesday
Total News Archieve: 21
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
अर्थहिन उपदेश
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com