"
४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
D. R. Gurung
I am making the history in this post message colomumn.
Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks
som
-प्रेमबहादुर कटवाल – अध्यक्ष फरेन इम्प्लाइमेन्ट एसोसिएसन नेपाल, ब्लू स्काइ इन्टरनेशनल प्रा.लि. ० अहिले के गर्दै हुनुहुन्छ? – हाम्रो संस्था शुद्ध व्यवसायिक संस्था भएकाले हामी व्यवसायिक हकहितमा काम गर्न मै तल्लिन छौं। हामीले वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न सरोकारवालाहरूसँग छलफल गरिरहेका छौं। हामीले अहिले वैदेशिक रोजगार व्यवसाय प्रवर्द्धन गर्न पनि बजेट माग गरेका छौं। सँगसँगै एमआरपीबाट यस व्यवसायमा परेको असरबारे सम्बन्धित निकायको ध्यानाकर्षण गरायौं। हामीले साउदी अरेवियाको दूतावास नेपालमा ल्याउन पहल गरिरहेका छौं। दूतावास नेपालमा स्थापना गर्न सके साउदीका नाममा भैरहेको ठगी र अवैधानिक कार्य ९० प्रतिशत कमी हुन्छ। हामी वैदेशिक रोजगारमा जाने कामदारले नेपालबाटै श्रम स्वीकृत लिएर जानुपर्छ भन्ने मान्यतामा छौं। अहिले विदेश जाने कामदारमा सबैभन्दा बढी समस्या देखिएको बिना स्वीकृत भारतबाट विदेश गएका कामदार रहेका छन्। त्यसैले सरकारलाई यो रोक्नलाई हामीले दबाब दिइरहेका छौं। यो रोकिने मात्र हो भने पनि वैदेशिक रोजगारमा गई समस्या पर्ने नेपाली कामदारको संख्या ह्वात्तै घट्छ। हामीले यही जुलाई २२ तारिखमा इजरायलसँग नेपालको दौत्य सम्बन्ध भएको ५० औँ वर्षको उपल73यमा इजरायलमा कार्यक्रम गर्दैछौं। कार्यक्रममा नेपालबाट मेनपावर व्यवसायीहरू, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कोमल वली र इजरायलमा नेपाली दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहने छ।
० कार्यक्रम कुन उद्देश्यले गर्न खोज्नु भएको र यहाँबाट के अपेक्षा राख्नुभएको छ? – कार्यक्रम दुवै देशको दौत्य सम्बन्ध राख्नका लागि गरिएको हो। सँगसँगै इजरायलमा नेपाली कामदार नरोक्न पनि कार्यक्रममा पहल हुनेछ। कार्यक्रम नेपाली दूतावास इजरायलकै निर्देशनमा आधिकारिकताका साथ हुने छ। कार्यक्रम २२ तारिखमा उद्घाटन हुन्छ भने २३ र २४ तारिखमा सांस्कृतिक कार्यक्रम हुनेछ। कार्यक्रम नेपाल र इजरायलको सम्बन्ध गाढा बनाउन नेपाल भ्रमण वर्ष २०११ सफल बनाउन सहयोग गर्ने र नेपाली कामदारलाई इजरायल रोजगारीमा भएको रोकावट फुकुवा गराउन पहल गर्न गरिएको हो।
० यहाँको संस्थाले वैदेशिक रोजगार व्यवसायीको हितका लागि कस्तो योजना बनाउनु भएको छ? – हामीले व्यवसायीका व्यक्तिगत समस्यामाभन्दा पनि नीति निर्माण गर्ने तहमा नै मेनपावर व्यवसायीको समस्या समाधान गर्न जोड दिएका छौं। हामीले सरकारको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारलाई राख्न सरोकारवालालाई राखेर छलफल समेत गरेका छौं। हामी व्यवसायी जाने कामदारको दीर्घकालीन रुपमै समस्या समाधान गर्न सुदृढ रूपमा अगाडि बढेका छौं।
० फरेन इम्प्लाइमेन्ट एसोसिएसनको आवश्यकता किन ठान्नु भयो? – मैले अहिलेसम्म व्यवसायमा लागेर काम गरेको अनुभव सबै व्यवसायीलाई सेयर गर्न र यस व्यवसायलाई सम्मानित व्यवसायका रूपमा समाजमा चिनाउन यस संस्थाको आवश्यकता ठाने। यो संस्था शुद्ध व्यवसायिक संस्था भएकाले हामीले व्यवसायिक हकहितका लागि नै काम गर्ने प्रण गरेका छौ।
० व्यवसायी त झनै समस्यामा परेको गुनासो गर्छन् नि? – यस व्यवसायको सरकारी नीति नियम नै अधुरो छ। विदेश जाने कामदारमा वैदेशिक रोजगारसम्बन्धी जनचेतनामुलक कार्यक्रमको अभावले नै मेनपावर व्यवसायीमा समस्या उत्पन्न भएको छ। योसँगै विदेश जाने नेपाली कामदारले त्यहाँको नीति नियम पालना नगर्नु, बन्द, हडताल गर्नु, मेनपावर व्यवसायीहरू सिधै कम्पनीसँग सम्पर्क नराखी एजेन्टहरूसँग सम्पर्क गरि काम गर्नाले व्यवसायीहरूमा समस्या परेको हो।
० व्यवसायीभित्रको गुट उपगुटले नै यस व्यवसाय सम्मानित व्यवसाय हुन नसकेको आरोप छ नि? – मेनपावर व्यवसायभित्र व्यवसायिक राजनीतिकभन्दा पार्टीगत राजनीति घुस्नु नै गुट उपगुट हुनुको प्रमुख कारण हो। व्यवसायीले आफ्नो व्यवसायलाईभन्दा राजनीतिलाई प्रमुख बनाइ यस व्यवसायमा घुसाइ आफ्नो खुट्टामा बन्चरो हान्ने काम गरिरहेका छन्। हुनत् सबै मान्छे राजनीतिक रुपमा स्वतन्त्र हुन्छ, ऊ कुनै न कुनै पार्टीमा आवद्ध हुन्छ। आवद्ध भए पनि व्यवसायभित्र राजनीति छिराउनु व्यवसायीलाई नै घाटा हो र हामी व्यवसायीको एजे48डा लिएर अगाडि बढेका छौं र सफल पनि हुन्छौं।
० मेनपावर व्यवसायीहरू गुट उपगुट भएर आन्तरिक विवादमा रुमल्लिनुका कारण के होला? – छोटो सोच, इर्ष्या, घम48ड, पार्टीगत राजनीतिमा होमिनु र व्यवसायिक आचरण नबुझ्नु र व्यवसायीको सम्मान गर्न नसक्नु नै यसका प्रमुख कारण हुन्।
० सबै व्यवसायी एक ढिक्का भएर अगाडि बढ्न सकिदैन? – यो अहिले देशमा चलिरहेको तीन दलको राजनीति जस्तै हो। राजनीतिक आस्थालाई आ–आफ्नो ठाउँमा छाडे मात्र यो सम्भव हुन्छ। अन्यथा यो सम्भव छैन। व्यवसायीभित्र राजनीति गर्नु यस व्यवसायका लागि घातक हो।
० पद र जुँगाको लागि नै यस व्यवसायमा धेरै संघसंस्था खुलेको आरोप छ नि? – यो गलत हो, अहिले यस व्यवसायमा जम्मा २ वटा संघ छन्। जुनै पनि संस्था खोले पनि त्यहाँ हैसियत र स्तर भएन भने कुनै काम लाग्दैन। संस्था खोलेपछि काम गर्न नसके त्यो संस्थाको पदाधिकारी भएको कुनै मतलब हुँदैन। मेनपावर व्यवसायमा सबै व्यवसायी एउटा संस्थाको डाइरेक्टर भइसकेका हुन्छन् नि!
० नयाँ बजेटमा यस व्यवसायलाई कसरी समेटिनु पर्छ? – राज्यको कुल गार्हस्थ उत्पादनमा २३.६ प्रतिशत रेमिटेन्स भित्र्याउने यस व्यवसाय प्रवर्द्धनका लागि राज्यले प्राथमिकता दिनुपर्छ भनेर हामीले सरोकारवालाई राखेर छलफल गर्यौ। अहिले वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ राष्ट्रिय योजना आयोगको सदस्य हुनुभएकाले केही हदसम्म पनि यस व्यवसायलाई समेट्छ भन्ने आशा गरेका छौं।
० अहिले वैदेशिक रोजगारमा गएका र जाने नेपाली कामदारको अवस्था कस्तो छ? – संस्थागत हिसाबबाट वैदेशिक रोजगारमा गएका ९० प्रतिशतले भने अनुसारको काम सुविधा पाएका छन् र उनीहरूलाई राम्रो पनि छ। बाँकी १० प्रतिशत मध्ये केही जनचेतनाको कमीले गर्दा विभिन्न समस्यामा परिरहेका हुन्छन् त केही पारिवारिक सम्झनाले पनि हुन्छन्। भारतबाट गएका कामदारमा सबैभन्दा बढी समस्या देखिएको छ। यो रोक्न हामीले सम्बन्धित निकायलाई पहल समेत गरेका छौं।
० एमआरपीका कारण यस व्यवसायमा समस्या आएका छैन? – समस्या आएको छ किन नआउनु। दैनिक ६ सयभन्दा बढी कामदार विदेश पठाउने त्यस व्यवसाय एमआरपीका कारण धरापमा पर्ने सम्भावना बढेर गएको छ। यसले भयावह रूप ल्याउन सक्छ। अहिले नै मेनपावरमा आएका कामहरू पारपोर्टका कारण पूरा गर्न सकिएको छैन झनै अहिले त पासपोर्ट बनाउन काठमाडांै नै आउनु पर्ने र धेरै झन्झटिलो र खर्चालु भएकाले विदेश जाने पनि नगइ यही बसेको छ। अहिले देशमा वैदेशिक रोजगारको कुनै विकल्प नभएकाले यसतर्फ सरोकारवालाले ध्यान दिइ एमआरपी जति सक्दो छिटो छपाउनु पर्यो।
० यहाँ नेपालका चर्चित मेनपावर मध्ये एकको अध्यक्ष हुनुहुन्छ। यहाँको कम्पनीको भावी योजनाहरू के–के छन् त? – ब्लू स्काइ इन्टरनेशनलले क्वान्टिटीभन्दा क्वालिटीमा ध्यान दिने गर्दछ। हामीले देशको नीति नियमलाई अवलम्बन गर्दै जतिसक्दो सस्तोमा कामदार पठाउने प्रक्रियामा छौं। हामी वैदेशिक रोजगारको नयाँ मुलुक खोज्ने प्रक्रियामा छौं।
० अन्त्यमा.... – वैदेशिक रोजगारको शिलशिलामा विदेश गएका समस्त नेपालीलाई कम्पनी र सम्बन्धित देशको नीति नियममा बसी अनुशासनपूर्वक काम गर्न अनुरोध गर्दछु। साथसाथै वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्बन्धित कार्यालयमा गएर आफू जाने काम र तलबका बारेमा राम्रोसँग बुझी जानु हुन अनुरोध गर्दछु। साथै मेनपावर व्यवसायी साथीले पनि विदेश जाने कामदारलाई सबै कुरा बुझाएर विदेश पठाउन र सकेसम्म बीचको एजेन्टबाट काम लिँदा राम्रोसँग बुझेर मात्र काम लिनलाई म अनुरोध गर्दछु। अन्त्यमा वैदेशिक रोजगार व्यवसाय यो देशमा ठूलो योगदान भएकाले यो व्यवसायलाई हामी सबै मिली सम्मानित व्यवसायका रूपमा रुपान्तरण गर्नुपर्छ।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक र ... बाकीं भाग ->
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->