बैदेशिक रोजगारकालागि मलेसिया पुगेका नेपाली मजदुरहरु मध्ये छ महिनाको अवधिमा ८१ जनाको मुत्यु भएको छ ।मलेसिया पुगेका नेपालीहरुको मृत्युवरणको बारेमा मलेशियास्थित नेपाली दुतावासले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१० को जनवरी देखि जुन महिनासम्ममा मर्नेहरुको संख्या ८१ पुगेको हो ।
मर्नेहरुमा दुर्घटनामा परेर ५, सडक दुर्घटनामा ९, दिर्घरोगका कारण १, आत्महत्या गरेर ७ र अन्यकारणबाट मृत्यु हुनेको संख्या ४५ रहेको दुतावासले जनाएको छ । अन्य कारण भनेर मृत्यु भएकाहरुमा हत्याको आशंका गरिए पनि अपराधी पत्ता लाग्न नसकेकाहरु बढी संख्यामा रहेका छन् । उक्त तथ्याङ्क अघिल्लो बर्षसंग तुलना गर्दा आत्महत्या गर्नेको संख्यामा बृद्धी भएको छ । सडक दुर्घटनामा मृत्यु हुने संख्यामा भने कमि आएको दुतावासले जनाएको छ । दुतावासका अनसार मार्चमा १९ जना जनवरीमा १३, फेब्रअरीमा १२, अप्रिलमा १५ र जुनमा १४ जनाको विभिन्न कारणले मृत्यु भएको थियो ।