इराकमा अमेरिकी विभिन्न कम्पनीहरुमा कार्यरत नेपाली र फिलिपिनो नागरिकलाई जुलाई २० तारिख अमेरिकी केन्द्रीय कमाण्डले एक सूचना जारी गर्दै २० दिनभित्रमा हटाउन भनेको छ ।विभिन्न बाटो हुँदै इराक काम गर्न पुगेका ३० हजारभन्दा बढी नेपालीहरु अब लखेटिन बाध्य भएको जानकारी एक नेपालीले नेपाली पोष्टलाई दिनुभएको छ ।नेपाल सरकारले इराक जानका लागि प्रतिबन्ध लगाएका कारणले अमेरिकी कम्पनीहरुले यसरी आफ्नो कम्पनीमा कार्यरत त्यस्ता नागरिकहरुलाई कामबाट निकाल्न लागेको हो ।