सरकारले कामका सिलसिलामा इराक पुगेका नेपाली कामदारलाई सम्बन्धीत रोजगार व्यवसायी मार्फत स्वीकृति लिएको मुलुकमा सम्झौता गरिए अनुसारको काममा लगाउन अनुरोध गरेको छ ।अमेरिकी सेन्टर कमाण्डको निर्देशपछि इराकमा रहेका नेपाली कामदार स्वदेश र्फकने तयारी गरिरहेकै समयमा सरकारले यस्तो अनुरोध गरेको हो । कमाण्डले नेपाली कामदारलाई साउन २४ गतेभित्र इराक छाड्न निर्देशन दिईसकेको छ ।
वैदेशिक रोगजार विभाग र वैदेशिक रोजगार प्रबर्द्धन विभागले एक सूचना प्रकाशित गरि विभागवाट अन्य मुलुकका लागि अनुमति लिए पनि ३० हजार नेपाली इराक पुगेको हुनसक्ने जनाएको छ ।
सरकारले बैदेशिक रोजगारीका सिलसिलामा इराकमा कामदार पठाउन प्रतिबन्ध लगाए पनि ३० हजार कामदार इराक पुगेका छन् ।इराकमा रहेको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इराकमा कार्यरत नेपाली कामदारलाई २४ दिनभित्र इराक छाड्न आदेश दिएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको रोजगार विभागको सूचनामा उल्लेख छ ।
यसअघि श्रममन्त्री मोहम्मद अफ्ताव आलमले नेपाली कामदारको सुरक्षाका लागि सरकारले इराकमा कामदार पठाउने प्रतिवन्ध फूकुवा गर्ने बताउनु भएको थियो ।सरकारले त्यहाँ कार्यरत नेपालीको सुरक्षाका लागि कुटनीतिक पहल नगरेकोप्रति इराकमा कार्यरत कामदारले गुनासो गरेका छन । इराकमा कामदार पठाउन श्रम सम्झौता गर्नुपर्ने भएपनि गृहयुद्धवाट ग्रसित इराकमा कामदार पठाउन खतरा रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।एउटा आतंककारी संगठनले २०६१ साल भदौमा १२ नेपाल कामदारको अपरहण र हत्या गरेको घट्नापछि सरकारले नेपालीलाई इराक प्रवेशमा रोक लगाएको थियो