१ लाख १२ हजार नगद बुझाएको बदलामा अलपत्र पर्दा कसको मन नधर्केला र? बेगखोला- ५ म्याग्दीका ३९ बर्षिय दल प्रसाद तिलिजा मगरको अवस्था यस्तै भएको छ। अव कहाँ जाने, के खाने, कसरी बस्ने केही निश्चित छै मेरो तिजिला भन्छन् "आफु त दुखको आधा जिन्दगी विताइयो, अव के ख पाइएला र? तर सन्तानको भविश्य सपार्न विदेशको सपना देखेको यसमा पनि नसकिने भइयो"
गर्नै नसक्ने शारिरिक काम लगाइएपछि काम गर्न सक्षम नहुँदा अन्ततः सहयोगको याचना गर्दै उनी नेपाली दुतावासको शरणमा आएका छन्। राम्रोसंग बोल्न पनि नसक्ने तिलिजाले बैदेशिक रोजगारीको चक्करमा धेरै पकेट खर्च सकाएपछि अन्ततः १ लाख १२ हजार रुपैयाँ नगदको विटो एजेन्ट उद्दिम राईलाई काठमाडौंमा बुझाएर १ जुलाईमा कतार आएका हुन्। उद्दिमले कतारमा लिन आउने एजेन्ट भनेर दिएको सम्पर्क नम्बर रहेछ- इन्द्रजित राईको। राईले उनलाई काममा त पठाए तर उनलाई विश्वास दिलाइएको काम त्यो थिएन। काठमाडौंमा एजेन्टले उनलाई ग्लास क्लिनिङ्गको काम र बसोवासको सुविधासहित ७ सय सुख्खा तलव हुने विश्वास दिलाएका थिए। तर, उनलाई एक स्टिल कम्पनीमा लोहारको काममा लगिएपछि उनी काम गर्न नसक्ने भएकोले कम्पनीले निकालीदिएको हो।
अव उनीसंग आफ्नो पाससोर्ट पनि साथमा छैन। दोहा विमानस्थलबाट एजेन्टलाई फोन गर्दा एक ड्राइभर लिन आएको र १०-१२ दिन आफुकहाँ राखेपछि काममा लैजाने बचन दिएर एजेन्ट राईले पासपोर्ट लिएको तिलिजाले बताएका छन्। "मैले इन्द्रजित राईलाई पासपोर्ट बुझाएको हुँ, उसले कसलाई दियो थाहा छैन तर अहिले मलाई भाग्यो भन्ने आरोप लगाएको छ । " पिडित तिजिलाले दुखेसो पोखे।
तिजिलाले राईलाई एजेन्टले पठाएको केही सामान पनि ल्याइदिएका थिए।
कम्पनीले निकालिएपछि एकरात साथीसंग शरण मागेका तिलिजा बेसहारा भएपछि दुतावास आएका हुन्। तनुवा भिसामा आउँदा उनले सास्ती खेप्नुपरेको छ। उनको भिसा अनुसारको कम्पनी र रोजगार सम्झौता अनुसारको कम्पनी फरक-फरक छन्। काम भने लोहार नै उल्लेख छ। घरको ऋणधनमा थप सयकडा ३ को दरले थप ७० हजार ऋण खोजेर कतार आएका तिलिजाको परिवारमा बाबु, श्रीमती र १ छोरा छन्।