लिवियामा कार्यरत एक सय आठ नेपाली अलपत्र परेका छन् । कार्यरत नेपालीले कम्पनीबाट पारिश्रमिक नपाएकोले उनीहरु अलपत्र परेका हुन् ।लिबियाको सीकेजी कम्पनीमा कार्यरत नेपालीहरु अलपत्र परेको श्रम मन्त्रालयले जनाएको छ । उनीहरुको उद्धारकाका लागि सरकार र लिबियास्थित सरकारी निकायले पहल गरिरहेको बताइएको छ ।