"
४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
D. R. Gurung
I am making the history in this post message colomumn.
Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks
som
श्रावण १४ - नगरको डुबानग्रस्त बस्तीमा बुधबारदेखि फैलिएको झाडापखालाले प्रकोपको रूप लिएको छ । पखालाबाट दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी बिरामीको अवस्था गम्भीर रहेको छ । नेपालगन्जका अस्पतालहरूमा १ सय ३० जना भर्ना छन् । उपचार गरी घर गएकाहरू समेत पुनः बिरामी परी अस्पताल आउन थालेका छन् । नेपालगन्ज-५ स्थित सल्यानीबागका ५ वर्षीया जस्मिन हल्वाई र वडा नं. ४ का तानिया हल्वाईको बिहीबार बिहान अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो भने दाङ तुलसीपुरकी ६५ वर्षीया कलावती बुढाथोकीको बुधबार शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
मेडिकल कलेजको शिक्षण अस्पतालमा मात्र बिहीबार साँझसम्म
१ सय ५८ बिरामी उपचारका लागि आएका छन् । तीमध्ये ९० भन्दा धेरै बिरामीको अस्पतालमा उपचार जारी रहेको आकस्मिक कक्षका इन्चार्ज डा. मधु अर्यालले बताए । भेरी अञ्चल अस्पतालमा ५१ र नेपालगन्ज युनाइटेड अस्पतालमा दुई बिरामी भर्ना छन् ।
भेरी र शिक्षण अस्पतालका आकस्मिक कक्षका वार्डहरू भरिभराउ छन् । भेरीमा एउटै बेडमा दुई/तीन जनालाई राख्दा पनि नपुगेर बेन्चमा र भुइँमा सुताएर उपचार भइरहेको छ । बिरामी राख्न छुट्टै कोठा थपिएको छ । त्यस्तै शिक्षणमा ८ बेड थपिएको छ भने वार्डहरू भरिभराउ छन् । भेरीमा १२ र शिक्षण अस्पतालमा २२ बेडका आकस्मिक वार्डहरू छन्् । मंगलबार रातिदेखि पखालाका बिरामी अस्पताल आउन थालेका थिए । बुधबारदेखि बिरामी अत्यधिक बढेको स्वास्थ्यकर्मीले बताए ।
'उपचारपछि घर फर्केका पनि पुनः बिरामी भएर अस्पताल आएका छन्,' डा. अर्यालले भने, 'हैजाको लक्षण देखिएकाले दिसा परीक्षण हँुदैछ, रिपोर्ट नआउँदासम्मका लागि एन्टिबायोटिक दिएका छौं ।' पखाला लागेको केही घन्टामै बिरामी बेहोस हुने र नाडी नचल्ने गरी सिकिस्त हुने गरेकाले हैजाको शंका गरिएको उनले बताए । स्वास्थ्य विभाग महामारी नियन्त्रण महाशाखाले हैजा परीक्षणका लागि शुक्रबार विशेषज्ञसहितको टोली पठाउने भएको छ ।
मध्य तथा सुदूरपश्चिमको सबैभन्दा ठूलो भेरी अञ्चल अस्पतालमा हैजा परीक्षणको सुविधा छैन ।
हैजा परीक्षणको सुविधा यहाँ नभएकैले प्याथोलोजिस्ट विशेषज्ञ टोली आउन लागेको भेरी अस्पताल प्रमुख डा. विमल ढकालले बताए । उनले भने, 'एकैपटक महामारी फैलिएकाले हैजाको आशंका गरिएको हो ।' निजीस्तरको नेपालगन्ज मेडिकल कलेजमा भने हैजा परीक्षणको सुविधा छ । झाडापखालाका बिरामीको दिसामा हैजा परीक्षण भइरहेको र पुष्टि हुन अझै दुई दिन लाग्ने डा. अर्यालले बताए ।
नगरका गणेशपुर, देवाफुल्बारी, घरबारी टोल, कोरियनपुर्वा, सल्यानीबाग र फुल्टेक्रामा झाडापखाला फैलिएको हो । ती बर्सेनि डुबानमा पर्ने क्षेत्र हुन्् । दुई साताअघिको वषर्ाले डुबानमा रहेका नेपालगन्जमा गर्मी बढेपछि एकाएक प्रकोप फैलिएको हो । डुबानग्रस्त बस्तीमा दूषित पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ । नियन्त्रणका लागि जनस्वास्थ्यले स्वास्थ्यकर्मीहरूको घुम्ती टोली खटाएको छ । 'चिकित्सकसहितका चारवटा टोलीले बिहीबार दिनभर महामारीग्रस्त बस्तीमा पुगेर उपचार गर्यो,' जनस्वास्थ्य कार्यालयका रोग नियन्त्रण संयोजक रामबहादुर चन्दले भने । घुम्ती टोलीमा चिकित्सकसहित १३ जना छन् ।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक र ... बाकीं भाग ->
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->