सोमबार मध्येरात पोखरामा केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीबाट घाँटी रेटी हत्या भएको छ । १४ वर्षीय सचिन सिञ्जालीको हत्या गर्ने पक्राउ परेका छन् । वेनिका काले भनिने २१ वर्षीय कुमार गर्बुजाले हत्या गरेका हुन् । उनीहरु एक अर्कामा मिल्ने साथीको भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखले जानकारी दिएका छन् ।
पाल्पा घर भई लेकसाइडमा आमासँग बस्दै आएका सचिनको चक्कूले घाँटी रेटेर हत्या भएको अवस्थामा हल्लनचोक स्थित निर्माणाधीन एक भवनमा शव फेला परेको थियो । प्रहरीले सीसी टिभी क्यामेराको सहायताले केहि घण्टामै हत्यारा पत्ता लगाउन सफल भएको छ । हल्नचोकबाट पामे तर्फ जाने बाटोमा बन्दै गरेको घरमा शव भेटिएको थियो । वडा प्रहरी कार्यालय बैदामका डिएसपीका अनुसार मुख्य अभियुक्त बेनी काले रहेको र उसले २ जना बालकहरुको नाम समेत जोडेकाले उनीहरुको ’boutमा अनुसन्धान भईरहेको जानकारी दिएका हुन् । सचिनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।
मृतक सचिनलाई गोरे भनेर बोलाइने र म्याग्दी बेनीतिरका भएकाले अभियुक्त कुमारलाई बेनी काले भनेर बोलाइने गरेको प्रहरीले बताएको छ । सोमबार बेलुकीदेखि नै ६ जना जम्मा भएर रक्सी खान थाले । अभियुक्त बेनीकालेसँगै बाहुन भन्ने बुद्ध रिमाल, मोटे भन्ने सुशान्त परियार, सबैभन्दा सानो सुकदेव नेपाली, डल्ली भन्ने सुनिता बसेर रक्सी खाए । १३ वर्षीय मोटे सुशान्त र १० वर्षीय सुकदेव अभियुक्त बेनीकालेको ग्याङको भनेर आफूलाई चिनाउँछन् र यो समूहले डल्लीलाई बेनीकालेको गलफ्रेण्ड भन्छन् । बेलुकी रक्सी खाने बेला मृतक गोरै थिएनन् ।
बेलुकीदेखि नै घटनास्थलमा रक्सी खाएर बसेको समूहमा पछि गोरे पनि मिसिए । त्यही क्रममा गोरे र बाहुनको झगडा भयो । २६ वर्षीय बाहुन कुलतमा फसेर हात समेत काटिएको अस्वस्थ छन् । झगडापछि बाहुन पसलतिर हिँडे र त्यसपछि बेनीकाले र गोरे पनि बाहिर निस्के । उनीहरुले दुई बोत्तल बिअर र चुरोट किनेर बन्दै गरेको घरमै फर्किए । साढे १० बजेतिर बेनीकालेकी प्रेमिका भन्ने डल्ली निस्केर गईन् । उनीहरु पनि निस्के ।
राति १२ बजेर १३ मिनेटमा ४ जना पुनः घटनास्थल फर्के । त्यसक्रममा बेनीकाले, गोरे, मोटे र फुच्चे (शुकदेव) थिए । सीसी क्यामेरमा १२ बजेर ४६ मिनेटमा ३ जना बाहिरिएको देखिएको छ । यसबीचमै हत्या भएको थियो । ४ जना रक्सी खाएर टिल्ल थिए । निर्माणाधिन घरमा पुगेपछि गोरेले म बिहे गर्ने हो डल्लीलाई भने । त्यसपछि डल्ली मेरो बुढी हो भन्दै बेनी काले रिसाए । त्यसैक्रममा झगडा भयो । गोरेले सधैं सानो चक्कु बोक्ने गरेको साथीहरुले बताएका छन् । उनले त्यही चक्कुले बेनीकालेको दाहिने खुट्टामा प्रहार गरे । त्यसपछि बेनीकालेले लडाएर घोप्टो पारी चक्कूले घाँटी रेटे ।