साउदी । अधिराज्यको गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सुरक्षा व्यवस्था भड्काउने काम गरेको आरोपमा एकै दिनमा ३७ जनालाई मृत्युदण्ड दिइएको हो । साउदी अरबमा ३७ जनालाई मृत्युदण्ड दिइएको छ भने एक जनालाई मृत्युदण्ड पश्चात् सुलीमा चढाइएको छ्र्र्र्र्र्र । एम्नेस्टी इन्टरनेसनलका अनुसार, देखावटी पूर्पक्षपछि ती व्यक्तिहरूलाई मृत्युदण्ड दिइएको थियो । मुलुक साउदीले मंगलवार तीन वर्षयताको सबभन्दा ठूलो आम मृत्युदण्ड दिएको हो । मोहम्मद बिन सलमान देशको युवराज बनेपछि पहिलोपटक यति ठूलो संख्यामा मृत्युदण्ड दिइएको हो । राज्यको कानुन अनुसार अत्यन्त जघन्य अपराध गरेको आरोपमा ३७ मध्ये एक जनालाई भने मृत्युदण्डपछि सुलीमा चढाइएको हो । मत्युदण्डको सजाय पाएका अधिकांश साउदी अरबका हुन् ति मध्ये ११ जनालाई इरानको जासुसी गरेको आरोप छ । वर्तमान युवराज मोहमद बीन सलमानले आलोचकहरुविरुद्ध तीव्र धरपकड सुरु गर्ने क्रम जारी र...
धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो । श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० गायक समेत रहेका वर्षीय अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित सिंगो शोकमग्न बन्यो । लोकगायनका साथै अमर मोडलिङ्ग क्षेत्रमा समेत सक्रिय रहेका थिए । कमाएर सांगितिक क्षेत्रमा स्थापित हुन कै लागि उनी वैदेशिक रोजगारमा गएको बताइएको छ । उनले अन्तिम एल्वमको नाम नै ‘अन्तिम सम्झना’ राखेका थिए । दुर्भाग्य, उनको वास्तविक जीवनमा नै त्यस्तै भयो । साउदी अरब पुगेको एक वर्ष नपुग्दै उनको मृत्यु भएको हो । ‘मृत्यु हुनु दुई साताअघि मात्रै उनले स्वास्थ्य ठीक हुँदै गएकाले छिट्टै फर्कने बताएका थिए’, श्रीमती सरस्वता घर्तीले भक्कानिदै बताइन् । जिसीले मृत्युको अघिल्लो दिन पनि श्रीमतीलाई ‘भ्...